काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ मा अल्जेरियाविरुद्ध २ गोलको अग्रता लिएको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दोस्रो गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाएका हुन् ।
मेस्सीले खेलको ६०औँ मिनेटमा गोल गरे । एलेक्सिस म्याक एलिस्टरले हानेको बल अल्जेरियाका गोलकिपरको हातमा लाग्दै रिबाउन्ड भएको थियो । रिबाउन्ड भएको उक्त बललाई मेस्सीले गोलको दिशा दिए ।
यसअघि १७औँ मिनेटमा मेस्सीले नै गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । विश्वकपमा यो उनको १५औँ गोल हो । उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगेका छन् ।














