काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत अहिले जारी खेलमा जोर्डनले पनि अस्ट्रियाविरुद्ध १ गोल गरेको छ । जोर्डनको गोलसँगै खेल १-१ गोलको बराबरीमा आएको छ ।

अली ओलवानले जोर्डनका लागि खेलको ५० औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् । अस्ट्रियाका रोमानो स्मिडले २१ औँ मिनेटमा गोल गरेका थिए ।
उनले लामो दूरीबाट गरेको प्रहार आकार्षक गोलमा परिणत भएको थियो । यी दुई टोली समूह जेमा छन् । जोर्डनले आज विश्वकप फुटबलमा डेब्यु गरेको हो ।














