काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को रोमान्चक खेलमा डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोले पोर्चुगल विरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ ।

खेलको पहिलो हाफको इन्जुरी समयमा कंगोका स्ट्राइकर योआने विसाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् । पहिलो हाफ सकिनै लाग्दा गोल गरेपछि पोर्चुगलको सुरुवाती अग्रता खोसिएको छ ।
यसअघि खेलको ६ औं मिनेटमा जोआओ नेभेसको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ह्युस्टन
स्टेडियममा जारी यो खेलमा अहिले दुवै टोली १-१ गोलको बराबरीमा छन् ।














