Logo
Logo

विश्वकप २०२६ मा कोलम्बियाको विजयी सुरुवात


189
Shares

काठमाडौं । लुइस डियाजले दोस्रो हाफमा गरेको निर्णायक गोलमा कोलम्बियाले उज्बेकिस्तानलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।

The current image has no alternative text. The file name is: ujz.jpg

मेक्सिकोको अज्टेका स्टेडियममा भएको समूह के को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका हुन् । यस्तै,  विश्वकपमा डेब्यु गरेको उज्बेकिस्तानको लागि अब्बोसबेक फेजुल्लाएभले गोल गरे ।

कोलम्बियाका डानिएल मुनोजले ४०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले ६०औँ मिनेटमा बराबरी गोल गरेका थिए । उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने ।

त्यसको पाँच मिनेटपछि नै  लुइस डियाजले गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी टाइमको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियालाई ३-१ को जित दिलाए ।

यो जितपछि कोलम्बिया ३ अंकसहित समूह के को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको अर्को खेलमा पोर्चुगल र डिआर कंगोले १-१ को बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्