Logo
Logo

कतारविरुद्ध क्यानडाको ६-०को फराकिलो ऐतिहासिक जित


567
Shares

काठमाडौं । सहआयोजक क्यानडाले फिफा विश्वकप-२०२६ मा जित निकालेको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भएको खेलमा खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६-० को फराकिलो जित निकालेको हो ।

The current image has no alternative text. The file name is: canada.jpg

क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पायो ।

खेलको १६औँ मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

३३औँ मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सिमित छ । पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।

५१औँ मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित रह्यो । जसको फाइदा क्यानडाले उठायो । ६४औँ मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४ गोलको अग्रतामा पुर्‍याए ।

खेलको ७५औँ मिनेटमा कतारका मोहम्मद मनाई आत्मघाती गोल गर्दा क्यानडाको अग्रता ५–० मा पुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को फराकिलो जित दर्ता गर्‍यो ।

यो विश्वकप इतिहासमा क्यानडाको पहिलो जित निकालेको हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन ।

यो जितसँगै क्यानडा २ खेलबाट ४ अङ्क जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान ३ अङ्क भएको स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । बोस्निया एन्ड हर्जगोभिना र कतारको समान एकएक अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्