काठमाडौं । नेपालकी एरिका गुरुङले २२ औँ सिनियर एसियाली कराते प्रतियोगितामा आज नेपाललाई कास्य पदक दिलाएकी छिन् ।

इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाई कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११-२ अङ्कले हराइन् । यसअघि पहिलो चरणमा ‘वाइ’ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी जोनी माङखियालाई ८-० अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।














