Logo
Logo

धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त


441
Shares

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

The current image has no alternative text. The file name is: dr-gopal-prasad-bhatta.jpg

यसअघिका बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि राजीनामा दिएका थिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले सङ्घीय संसदमा चार वटा प्रतिस्थापन विधेयक पेश गर्ने निर्णय गरेको छ । बैठकले सहकारी, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण निवारण र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानून संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्