Logo
Logo

फिफा विश्वकपः कुन्हा र भिनिसियसको गोलमा ब्राजिलको सानदार जित


0
Shares

काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को छनोट खेलमा हाइटीविरुद्ध सहज जित निकालेको छ।

फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

ब्राजिलको जितमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे। खेलको २३औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि ३६औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल गरेपछि ब्राजिल पहिलो हाफमै ३–० ले अघि रह्यो।

दोस्रो हाफमा भने दुवै तर्फबाट थप गोल हुन सकेन। खेलभरि नै बल आफ्नो नियन्त्रणमा राखेको ब्राजिलका अन्य दुई गोलले भने अफसाइडका कारण मान्यता पाएनन्। यता हाइटीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन।

प्रतिक्रिया दिनुहोस्