
काठमाडौं । कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अङ्क जोडेको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा पहिलो अङ्क जोडेको हो ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर गोलकिपर एलोय शानदार बचाउ गरे । अमेरिकाको मेजर लिग सकर (एमएसएल) मा मायमी एफसीबाट खेल्ने उनले खेल अवधीभर कूल १५ सेभ गरेका हुन् ।
कुरासाओले पनि गोल गर्ने केही अवसर बनाएको थियो । तर इक्वेडरका हर्नान् गालिन्डेजले पनि केही राम्रा बचाउ गरे । समूह ई मा जर्मनी विरुद्ध पहिलो खेलमै विश्वकपमा पहिलो गोल गरेको कुरासाओले दोस्रो खेलमा इक्वेडरलाई स्तब्ध बनाउँदे अङ्क खोसेको हो ।
बराबरीपछि दुवैले यस समूहमा १-१ अङ्क जोडेको छ । इक्वेडर पहिलो खेलमा अन्तिम समयमा गोल खाँदे आइभरी कोस्टसँग १९० ले पराजित भएको थियो भने कुरासाओ विश्वकपको डेब्यु खेलमा चार पटकको विजेता जर्मनीसँग ७-१ ले पराजित भएको थियो ।
फिफा विश्वकप खेल्ने विश्वकप सबैभन्दा सानो देशको कीर्तिमान बनाएको कुरासाओले यस विश्वकपमा पहिलो गोल गर्ने र पहिलो अङ्क जोड्ने इतिहास पनि बनाएको छ ।
कुरासाओले अब समूहको अन्तिम खेल आइभरी कोस्टसँग खेल्नेछ । कुरासाओ र इक्वेडर दुवैको नकआउट पुग्ने सम्भावना भने बाँकी नै छ तर त्यो सम्भावना अब कठिन बनेको छ । नकआउट पुग्ने सम्भावना कायम राख्न दुवैले आ-आफ्नो अन्तिम खेल जित्नुपर्नेछ । अन्तिम खेलमा इव्केडर र कुरासाओ पराजित भए वा बराबरीमा रोकिएमा भने नकआउट चरण पुग्ने सम्भावना समाप्त हुनेछ ।














