Logo
Logo

विश्वकपमा जापानको कीर्तिमानी गोल : ट्युनिसियाविरुद्ध १-० को अग्रता


441
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार सुरुवात गरेको छ । खेलको चौथो मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको हो ।

The current image has no alternative text. The file name is: japan-2.jpg

खेलको सुरुदेखि नै आक्रामक देखिएको जापानका लागि दाइची कामादाले गोल गरेका हुन् । रित्सु डोआनले दायाँ भागबाट अघि बढाएको बल केइतो नाकामुरासम्म पुगेको थियो । नाकामुराले ट्युनिसियाका डिफेन्डरलाई छक्याउँदै दिएको ुलो क्रसु पासलाई कामादाले उत्कृष्ट ब्याकहिलमार्फत गोलमा परिणत गरे।

यो गोल जापानको विश्वकप इतिहासमै सर्वाधिक छिटो गोल हो । सुरुवाती समयदेखि नै ट्युनिसियालाई दबाबमा राखेको जापानले विपक्षीलाई खेलमा फर्किने मौका दिएको छैन । ट्युनिसिया र जापान दुवै टोली प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्दै छनोटको आशा जीवित राख्ने लक्ष्यमा छन् ।

यसअघि ट्युनिसियाले केही समय बल नियन्त्रणमा लिए पनि ‘सामुराई ब्लु’ को कडा प्रेसका कारण उनीहरू पछि हट्न बाध्य भए । समूह एफको अघिल्लो खेलमा नेदरल्याण्ड्सले स्वीडेनलाई ५-१ को फराकिलो अन्तरले हराउँदै चार अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मोन्टेरी स्टेडियममा भइरहेको पहिलो हाफमा जापान १९० ले अगाडि छ । 

प्रतिक्रिया दिनुहोस्