काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औँ खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ ।

उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को समूह एफ अन्तर्गत मोन्टेरे स्टेडियममा भइरहेको खेलमा जापानले पहिलो हाफमै दुई गोल गरेको हो ।
खेलको चौथो मिनेटमै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । यस्तै आएसे उदाएले ३१औँ मिनेटमा गोल गर्दै जापानको अग्रता दोब्बर पारे ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकपको २३औँ संस्करणमा आएर १०००औँ खेल भएको हो ।














