Logo
Logo

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा तालिम प्राप्त कुकुरसहितको सुरक्षाकर्मी तैनाथ


- दृष्टि न्युज/संवाददाता


तस्बिर : सेतोपाटी

काठमाडौं, २१ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थायी कमिटि बैठकलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा बालुवाटारमै गराएका थिए ।
आइतबार नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय परिसर धुम्बाराही क्षेत्रमा तैनाथ गरिएको छ । साथै, सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर समेत तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । आज दिउँसो १ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटि बैठकलाई ध्यान राखेर सुरक्षा व्यवस्था कडा पारिएको नेकपाका एक नेताले बताए । नेकपामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षबिचको विवाद उत्कर्षमा पुगेको बेला धुम्बाराहीमा बैठक बस्न लागेको हो । बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्