काठमाडौं । फिफा विश्वकपको १०००औँ खेलमा जापानले ट्युनिसियामाथि ४-० को शानदार जित निकालेको छ ।

समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अङ्क भएको छ ।
मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या इटोले एक/एक गोल गरे । जापानले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेको थियो ।
अर्कोतर्फ ट्युनिसिया भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ । ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५-१ ले पराजित भएको थियो ।














