Logo
Logo

वैभव सूर्यवंशीले २० वर्ष पुरानो विश्व कीर्तिमान तोडे, ११ बलमै पूरा गरे अर्धशतक


882
Shares

काठमाडौं । भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभर क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने २० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका छन् । श्रीलङ्का-ए विरुद्ध जारी त्रिदेशीय शृङ्खलाको फाइनलमा उनले मात्र ११ बलमै अर्धशतक पूरा गरेका गरेका हुन् । त्यसपछि उनले २९ बलमा ९४ रनको विस्फोटक इनिङ्स खेलेका हुन् । 

The current image has no alternative text. The file name is: bahibhav.jpg

यसअघि ५० ओभरको क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान श्रीलंकाका कौशल्य वीरात्नेको नाममा थियो । उनले सन् २००६ मा रागामा क्रिकेट क्लबका लागि खेल्दै १२ बलमा अर्धशतक पूरा गरेका थिए ।

श्रीलङ्का–एका कप्तान सहान अरच्चिगेले भारत–एलाई पहिलो सफलता दिलाउँदै वैभव सूर्यवंशीको विस्फोटक इनिङ्स अन्त्य गरेका हुन् ।  ९४ रनको शानदार इनिङ्समा सूर्यवंशीले १० चौका र ८ छक्का प्रहार गरेका हुन् । 

५० ओभर क्रिकेटमा दुई प्रकारका खेल हुने गर्छन्, लिस्ट-ए र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) । प्रत्येक ओडीआई खेल लिस्ट-ए अन्तर्गत पनि पर्छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान भने दक्षिण अफ्रिकाका एबी डिभिलिएरको नाममा छ । उनले सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध १५ बलमै ५० रन पूरा गरेका थिए । २६ ओभरको समाप्तिसम्म भारत–एले ३ विकेट गुमाएर २२५ रन बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्