Logo
Logo

फिफा विश्वकप : फ्रान्स नकआउट चरणमा


882
Shares

काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३-० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो । यो फ्रान्सको दोस्रो जित हो ।

The current image has no alternative text. The file name is: france-2.jpg

यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

पहिलो हाफको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो । ५४औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

उस्मान डेम्बेलेले ६६औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाए । खेलमा इराकविरुद्ध फ्रान्स हाबी बन्यो ।

फ्रान्स २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नर्वे एक खेलबाट ३ अंक बनाएर दोस्रो स्थानमा छ । सेनेगल र इराक अंकविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्