Logo
Logo

अल्जेरियासँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो जोर्डन


315
Shares

काठमाडौं । अल्जेरियासँग पराजित हुँदै जोर्डन फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको छ । अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा मङ्गलवार भएको खेलमा अग्रता जोगाउन नसक्दा जोर्डन अल्जेरियासँग २-१ ले पराजित भएको हो । 

The current image has no alternative text. The file name is: jorden.jpg

जोर्डनले खेलको ३६औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । तर, अग्रता जोगाउन सकेन । त्यसको ३३ मिनेटपछि अल्जेरियाले बराबरी गोल फर्कायो ।

६९औँ मिनेटमा रियाद महरेजको क्रसमा नाधीर बेनबोउलीले गोल गर्दै अल्जेरियालाई बराबरीमा फर्काए । ८२ औँ मिनेटमा अमाइन गौइरीले गोल गर्दे अल्जेरियालाई पहिलो अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अल्जेरिया विजयी भयो ।

अल्जेरियाले पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राख्दा जोर्डन भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘जे’ मा अल्जेरिया ३ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

समान ३ अङ्क जोडेको अष्ट्रिया दोस्रो स्थानमा छ । २ खेलबाट ६ अङ्क जोडेको साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ । जोर्डन अङ्कविहीन छ । 

प्रतिक्रिया दिनुहोस्