
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा सवारी साधन सञ्चालनमा कडाइ गरिने भएको छ ।
सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिन आगामी असार १४ गतेदेखि २८ गतेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो । उक्त सडक खण्डमा असार १४ गतेदेखि असार २८ गतेसम्म ट्रिपरलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाइनेछ ।
त्यसैगरी, ट्रिपर बाहेकका अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई भने साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाइने निर्णय भएको छ । तर, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधनहरू भने पूर्ववत् रूपमै सञ्चालन हुन पाउनेछन् ।















