काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’को भर्खरै सकिएको खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको छ ।

मेक्सिको जारी विश्वकपको सहआयोजक समेत हो । यो जित अघि नै लगातार दुई जितसहित मेक्सिको विश्वकपको नकआउट चरण पुगिसकेको टोली हो । यो जितसँगै मेक्सिको समूह ‘ए’ को विजेता बनेको छ ।














