काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ का खेल सकिँदा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् । बराबरीका बाबजुद दुवै टोली अन्तिम ३२ मा प्रवेश गर्न सफल भएक छन्।

मियामी स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।
इन्जुरी समयमा कोलम्बियाका डाभिसन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको क्रसलाई हेडमार्फत जाली चुमाए पनि भीएआर जाँचपछि गोल अफसाइडका कारण रद्द गरिएको थियो। त्यसपछि खेल बराबरीमै समाप्त भयो ।














