काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाविरुद्ध जोर्डनले गोल फर्काएको छ । सुरुवातमै २-० गोलको अग्रता लिएको अर्जेन्टिनाविरुद्ध जोर्डनले गोल फर्काएको हो । खेलको ५५औँ मिनेटमा मुसा अल्तामारी गोल गरेका थिए।

डलास रंगशालामा जारी खेलको ३१औँ मिनेटमा लाउटारो मार्टिनेज पेनाल्टीमार्फत गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता कायमै गरेका थिए ।
यस्तै, १९औँ मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।समूह जे को यो खेलमा जोर्डनविरुद्ध अर्जेन्टिना २-१ गोल अन्तरले खेलिरहेको छ ।














