Logo
Logo

जोर्डन विरुद्ध एक गोल गर्दै मेसीले बनाए अर्को कीर्तिमान


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको खेलमा ६० औँ मिनेटमा मैदान छिरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले गोल प्रहार गरेका छन् ।

The current image has no alternative text. The file name is: messi-2.jpg

खेलको ८० औँ मिनेटमा मेस्सीले फ्री किकमार्फत गोल प्रहार गरेका हुन् । डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।

जारी विश्वकपमा मेस्सीको छैटौँ गोल हो । यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ । मेस्सीको यो गोलसँगै अर्जेन्टिनाले  जोर्डन विरुद्धलाई ३–१ ले हराएको छ । 

प्रतिक्रिया दिनुहोस्