Logo
Logo

नेपालमा संक्रमित निको हुनेको दर ९४.२ प्रतिशत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ मंसिर । नेपालमा बुधबार १ हजार ५६ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २८६ स्वाब नमूना परीक्षण गराउँदा १ हजार ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार थपिएकासहित संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बुधबार एकैदिन १ हजार ४८३ जना डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नेको संख्या २ लाख ३० हजार ५३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९४.२ प्रतिशत हो ।
देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार २४५ रहेको छ । यस्तै आइसोलेसनमा १२ हजार २४५ र क्वारेन्टाइनमा ५२५ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ । बुधबार मात्र कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्