Logo
Logo

काठमाडौं महानगरको बजेट पारित


0
Shares

काठमाडौं । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकाको ‘कार्यक्रम तथा बजेट’, ‘आर्थिक विधेयक’ र ‘विनियोजन विधेयक’ सर्वसम्मत पारित भएको छ ।

The current image has no alternative text. The file name is: kathamandu-mahanagerpalika.jpg

असार ४ गते बसेको नगर सभा १९ औँ अधिवेशनको  बैठकमा अधिवेशनको चौथो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले पेश गरेको २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपियाँको बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्दै आज राष्ट्रिय सभा गृहमा बसेको बैठकले प्रस्ताव सर्वसम्मत पारित गरेको हो । 

पारित भएको बजेटमध्ये सञ्चित कोषमा व्ययभार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ छ ।  

बैठक प्राप्त संशोधन प्रस्ताव र सुझावलाई समेटेर प्रस्ताव पारित गर्न सभाका अध्यक्षले, सभा समक्ष प्रस्ताव राख्न प्रस्तावित गरेको प्रस्तावलाई सभा सदस्यहरूले सर्वसम्मत पारित गरेका हुन् । 

विधायन समितिका संयोजक एवं वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले सभामा कार्यसूचीको क्रम सङ्ख्या ४ मा रहेको ऐन संशोधन सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उनले, ‘जनस्वास्थ्य ऐन २०८० को पहिलो संशोधन २०८३’, ‘शिक्षा ऐन २०७५ को दोस्रो संशोधन २०८३’, ‘विवाद निरूपण (कार्यविधि) ऐन २०७५ को पहिलो संशोधन २०८३’, ‘विपद् व्यवस्थापन  ऐन २०७७ को पहिलो संशोधन २०८३’ र ‘कर्मचारी सेवा ऐन २०७७ को चौथो संशोधन २०८३’ पेश गरेका थिए । 

यसरी पेश गरिएका ऐनहरुका विषय तथा अन्य प्रस्तावमाथि छलफल गर्न असार २३ गते मङ्गलवार दिनको ३ बजे नगर सभाको पाँचौँ बैठक बोलाइएको महानगरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्