Logo
Logo

हर्क साम्पाङले गरे मधेश इन्चार्ज ठाकुरलाई निलम्बन


0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीले मधेश प्रदेश इन्चार्ज दपिजङ्ग ठाकुरलाई निलम्बन गरेको छ । पार्टी नीतिविपरीत चलेको भन्दै पार्टी अध्यक्ष हर्क साम्पाङले ठाकुरलाई आजैको मितिदेखि निलम्बन गरेका हुन् ।

नेता ठाकुरमा पार्टी सिद्धान्त, नीति विपरीत अनेकन सामाजिक समस्या रहिआएको अध्यक्ष साम्पाङले बताएका छन् ।

आजकै मितिदेखि निलम्बन गरिएको भन्दै अर्को जानकारी नआउन्जेल पार्टी सम्बन्धित कुनै क्रियाकलाप नगर्न हर्कले निर्देशन दिएका छन् । दीपकले कारबाहीपछि पार्टी लोकतान्त्रिक नीति नियममा नचलेको टिप्पणी गरेका छन् ।

उनले अध्यक्ष साम्पाङलाई भनेका छन्, ‘तपाईँको पार्टी लोकतान्त्रिक नीति नियममा नचल्ने रहेछ त्यही भएर वैशाख १० र ११ गतेको निर्णय बमोजिम जेठ ६ गते मधेश प्रदेश गठन भएन ।’

प्रतिक्रिया दिनुहोस्