Logo
Logo

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति


0
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेलविरुद्ध विशेष अदालतले ६ दिन म्याद थपको आदेश गरेको हो ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका हुन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभागले जनाएको छ ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई विशेष अदालतले यसअघि दुई पटक म्याद गरिसकेको थियो । आज तेस्रोपटक म्याद थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्