Logo
Logo

भारतीय सहयोगमा झापाको जन आदर्श माविको नयाँ भवन निर्माण सुरू


0
Shares

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण सुरु भएको छ ।

कोशी प्रदेश अन्तर्गत झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज संयुक्त रूपमा शिलान्यास गरिएको हो ।

भवनको शिलान्यास कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरे ।

भारत सरकारको करिब ३ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा यो विद्यालय भवन निर्माण हुन लागेको हो । उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको यो भवन झापाको शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

नयाँ भवन निर्माण हुन लागेपछि शिवसताक्षी नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् ।

यो नयाँ पूर्वाधारले शिवसताक्षी नगरपालिकाका विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न ठुलो मद्दत पु¥याउने विश्वास उनीहरूले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्