काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु हुनासाथ अर्को गोल थप्दै अल्जेरियाविरुद्ध २-० को अग्रता बनाएको छ ।

भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको १० औँ मिनेटमा जोहान मान्जाम्बीको पासमा ब्रिल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफ १-० ले आफ्नो पक्षमा समाप्त गरेको स्विट्जरल्यान्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै अग्रता दोब्बर बनायो । ४६औँ मिनेटमा डान एनडीएले गोल गर्दै टोलीलाई २-० को सहज अवस्थामा पुर्याए । अब अल्जेरिया खेलमा फर्किन कम्तीमा दुई गोल आवश्यक पर्ने अवस्थामा पुगेको छ ।














