Logo
Logo

दृष्टिविहीनहरु १२ दिनदेखि आन्दोलनमा


0
Shares

काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरुले १२औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

दृष्टिविहीनहरुले आफुहरुको माग सम्बोधन गर्न सरकारलाई दबाव दिँदै विगत १२ दिन यता मिाईतीघरमा प्रदर्शन गर्दै आएका छन् । आज पनि उनीहरुले माईतीघर मण्डलामा भेला भइ प्रदर्शन गरेका हुन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरुले सरकारले व्यवसाय गर्न नदिएको आरोप लगाएका छन् ।

सरकारले दृष्टिविहीनहरूको व्यवस्थापन सम्मानजनक रुपमा गर्नुपर्ने, योग्यता, क्षमता र अनुभवका आधारमा रोजगारीको अवसर उपलब्ध गराउनुपर्ने, त्यो सम्भव नभएसम्म हाल गर्दै आएको स्वरोजगार तथा सडक संगीतजस्ता पेशा निर्वाध रूपमा गर्न दिनुपर्ने र सामाजिक सुरक्षा भत्तामा उल्लेखनीय वृद्धि गर्नुपर्ने उनीहरुको माग छ । माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्