Logo
Logo

रसुवागढी सडकखण्डमा रातिको सवारी सञ्चालनमा रोक


0
Shares

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले मनसुनजन्य जोखिमलाई ध्यानमा राख्दै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको एक भागमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

The current image has no alternative text. The file name is: rasuwa.jpg

निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वतयारी तथा प्रतिकार्य जिल्ला कार्ययोजना तथा जिल्ला सुरक्षा समितिको असार १६ गतेको निर्णयका आधारमा उक्त व्यवस्था लागू गरिएको जानकारी दिएका हुन् ।

जसअनुसार रुङ्गा खोला पुलदेखि रसुवागढीसम्मको सडकखण्डमा असार २० गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

धरातलीय भिरालोपन, कमजोर चट्टान तथा माटो, नदी किनारका सडकमा हुन सक्ने कटान र मनसुनका कारण बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले सम्बन्धित यातायात व्यवसायी, चालक तथा सरोकारवाला सबैलाई सूचना पालना गर्न अनुरोध गर्दै यात्राको योजना बनाउँदा तोकिएको समयको विशेष ध्यान दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्