Logo
Logo

घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा


0
Shares

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । जोनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । योसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।

सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रोपटक नकआउट चरणमा जित निकालेको छ । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।

कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बन्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्