Logo
Logo

संविधान संशोधन प्रतिवेदन लेखन हुँदै


63
Shares

काठमाडौं । संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन लेखनको चरणमा काम भइरहेको जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: asim-shaha.jpg

कार्यदलका संयोजक एवं प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम साहले असार मसान्तभित्र प्रतिवेदन तयार गर्ने जानकारी गराएका हुन् । शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा उनले भने, ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो काम गरिराखेको छ । असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने हाम्रो कार्यक्रम छ ।’

उनले भने, ‘हामीले विभिन्न सरोकारवाला निकाय र संविधानविद्हरूसँग छलफल गर्‍यौँ। विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिराखेका छौँ र अब प्रतिवेदन लेखनको चरणमा आइपुगेका छौँ । प्रतिवेदन तयार भएपछि हामी जानकारी दिनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्