काठमाडौं । सशस्त्र प्रहरी बलका पाँच एसपीको सरुवा भएको छ । सशस्त्र हेडक्वाटरले एक सूचना निकाल्दै पाँच एसपीहरूको सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार आईजीपी सचिवालयमा रहेका दयाराम शर्माको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ ।
आर्थिक प्रशासन निर्देशनालयमा रहेका ध्रुव केसीको आईजीपी सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र एकेडेमीमा रहेका राजकुमार ढकालको एपीएफ अस्पतालमा सरुवा भएको छ । एपीएफ अस्पतालमा रहेका गणेशबहादुर मल्लको भण्डार महाशाखामा सरुवा गरिएको छ ।














