Logo
Logo

एनपीएल तेस्रो सिजनको भोली हुने अक्सनमा १५५ खेलाडी सहभागी


63
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन भोली हुँदै छ । भोली हुने अक्सनमा तीन  क्याटोगरीमा १५५ खेलाडी रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको हो ।

The current image has no alternative text. The file name is: npl-4.jpg

जस अनुसार क्याटोगरी ए मा  अर्जुन घर्ति, बिबेक यादव, आसिफ सेख, रुपेश सिंह र तृतराज दास रहेका छन् । त्यस्तै क्याटोगरी बी मा २७ जना रहेका छन् भने १२३ जना  क्याटोगरी सी मा रहेका छन् । 

त्यस्तै क्यानले यस अक्सनमा हरेक टिमले २९२ जना नेपाली खेलाडी थप भइ मार्की, ट्यालेन्ट हन्टसमेत गरि १४ जना खेलाडी समावेश रहने जानकारी दिएको छ । फ्रेंचाईजीहरुले अक्सनबाट यी मध्ये ५२ खेलाडी खरिद गर्ने छन् ।

अक्सनका लागि लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार, सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार, विराटनगर किंग्ससँग ५१ लाख ५० हजार, काठमाडौँ गोर्खाजसँग ३४ लाख, पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार, कर्णाली याक्ससँग ४२ लाख, चितवन राइनोजसँग ४२ लाख र जनकपुर बोल्ट्ससँग ६६ लाख २५ हजार रकम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्