Logo
Logo

नेयमार नर्वेविरुद्ध पुरै समय खेल्न फिट


189
Shares

काठमाडौं । ब्राजिलका स्टार नेयमार ९० मिनेट खेल्नका लागि पूर्णरूपमा फिट रहेको र उनले भिनिसियस जुनियरसँगै खेल्ने प्रशिक्षक कार्लो एन्सेलोटीले जानकारी गराउका छन् । दक्षिण अमेरिकी टोली ब्राजिलले आज राति न्यू जर्सीमा नर्वेविरुद्ध अन्तिम १६ को खेल खेल्नुअघि उनले यस्तो घोषणा गरेका हुन् ।

The current image has no alternative text. The file name is: neymar-2.jpg

एन्सेलोटीले भनेका छन्, ‘नेयमार ९० मिनेट खेल्न सक्छन्‘ र उनी भिनिसियस जुनियरसँगै खेल्न सक्छन् । मलाई लाग्छ उनीहरूले सँगै खेल्नेछन् ।’

३४ वर्षीय नेयमारले यसअघि स्कटल्याण्डविरुद्धको ३९० को जितमा बेन्चबाट आएर केवल १४ मिनेट मात्र खेलेका थिए । प्रतियोगिता सुरु हुनुअघि, यी पूर्व पीएसजी स्टार गत मे १७ मा पिँडुलाको चोट लागेपछि मैदान बाहिर थिए । नेयमारको फिटनेसलाई लिएर एन्सेलोटीले उनलाई कति समय खेलाउन सक्छन् भन्नेमा शङ्का व्यक्त भइरहेको थियो ।

सन् २०२५/२६ को सिजनमा नेयमारले आफ्नो ब्राजिलियन क्लब (सान्टोस) का लागि सबै प्रतियोगितामा कुल १५ खेल खेलेका थिए । उनको करियर चोटका कारण निकै प्रभावित भएको छ । सन् २०१७ देखि उनी ४५ पटकभन्दा बढी घाइते भएका छन् र २७० भन्दा बढी खेल गुमाएका छन् ।

सन् २०१४ को विश्वकपमा नेयमारको तिघ्रामा चोट लागेको थियो भने मेरुदण्डको हड्डी भाँचिएको थियो । २०१८ मा कुर्कुच्चाको चोटबाट भर्खरै तङ्ग्रिएर पनि उनले ब्राजिलका सबै पाँच खेलमा ९० मिनेट नै खेलेका थिए । तर, कतार विश्वकपमा सर्बियाविरुद्धको पहिलो खेलमै ट्याकलमा परेपछि उनले समूह चरणका खेल गुमाएका थिए ।

अहिले ७९ गोलसहित देशका लागि सर्वाधिक गोलकर्ता रहेका नेयमार चौथो पटक विश्वकप खेल्दैछन् । २०१५ को च्याम्पियन्स लिग विजेता नेयमारलाई टोलीमा राख्नका लागि चेल्सीका जोआओ पेड्रो र टोटनह्यामका स्ट्राइकर रिचार्लिसनलाई टोलीमा समावेश गरिएको थिएन ।

२५ वर्षीय भिनिसियस जुनियरले यो सिजन ला लिगामा ३६ र च्याम्पियन्स लिगमा १४ खेल खेलेर आएका छन् । उनले जारी विश्वकपमा ब्राजिलका लागि लगभग हरेक मिनेट खेलेका छन् र अहिलेसम्म चार गोल र एक असिस्ट गरिसकेका छन् ।

भिनिसियस र नेयमारको जोडी ब्राजिलका लागि महत्त्वपूर्ण साबित हुन सक्छ, किनकि उनीहरूको प्रतिद्वन्द्वी नर्वे अर्लिङ हालान्डको उच्च लयको मद्दतले अघि बढिरहेको छ । नर्वेले इराक र सेनेगलविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो भने फ्रान्सविरुद्धको खेलमा टोलीमा १० वटा परिवर्तन गरेको थियो ।

हालान्डले आइभोरी कोस्टविरुद्धको नकआउट खेलमा निर्णायक गोल गर्दै पाँच पटकको विश्व विजेता ब्राजिलसँगको भेट पक्का गरेका थिए । यो खेलसँगै गोल्डेन बुट विजेता हालान्डले आफ्ना पुराना प्रिमियर लिग साथी ग्याब्रियलसँग पुनः भेट्ने मौका पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्