Logo
Logo

मेक्सिकोलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा


63
Shares

काठमाडौं । दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

The current image has no alternative text. The file name is: egland-1.jpg

इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ । राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिसकेको छ ।

मेक्सिको अज्टेका स्टेडियममा सोमबार विहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरे । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १-१ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्