Logo
Logo

राहदानी विभाग अगाडी एक पुरुषले गरे आत्मदाह प्रयास


126
Shares

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक व्यक्तिले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले केहीबेरअघि शरीरमा आगो लगाएर आफ्नै ज्यान लिने प्रयास गरेका हुन् ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले प्रहरीले नियन्त्रणमा लिएर उनलाई उपचारका लागि अस्पताल लगेको जानकारी दिए । ती पुरुषको विस्तृत विवरण खुल्न बाँकी छ । आत्मदाह प्रयास गर्नुको कारण पनि खुल्न बाँकी छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्