Logo
Logo

गणेश नेपाली आत्मदाहसम्म किन पुगे खोजिनुपर्छ : रञ्जु दर्शना


126
Shares

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले गणेश नेपाली आफैँलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने विषयको खोजी गर्नुपर्ने बताएकी छन् ।  शुक्रवार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले लाखौँ युवाको लागि सहज हुने नीति सरकार बाट चाहिने बताइन् ।

The current image has no alternative text. The file name is: ranju-darsana.jpg

‘गणेश नेपालीको आत्मदह, उनको उपचार खर्च व्योहर्ने सम्म सीमित रहन मिल्दैन । गणेश नेपाली आफैँलाई जलाउने बिन्दु सम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोज बाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ’, उनले भनिन्,‘ एक गणेशले त भौतिक रूपमै आफूलाई जलाए तर दैनिक “मैले सकिन, मरौँ कि क्या हो” भन्ने सोच आउने लाखौँ युवाको लागि जीवन केही भए पनि सहज हुने नीति सरकार बाट चाहिन्छ।’

जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको सबैभन्दा ठुलो सुरक्षा हुने बताउँदै उनले भनिनन्, “मैले सकिन” भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक-आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नु सम्म ठेले पछि यथार्थ बाट आएको हुन्छ। मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होईन ! जिवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको सबैभन्दा ठुलो सुरक्षा हुन्छ ।’

रोग, शोक र भोकमा बग्ने आसुँ झुटो नहुने बताउँदै उनले सुकुम्वासी व्यवस्थापनमा पनि सरकारको तर्फ बाट ठिक ढङ्गले नभएको बताइन् ।

१०० दिनमा आमुल परिवर्तन, लाखौँ रोजगारी एकैपटक सिर्जना गर्न नसकिने उनको भनाइ छ । उनले भनिन्, ‘सबैलाई एकैपटक खुसी बनाउन पनि सकिँदैन तर पिँढमा रहेका श्रमजीवि, गरीबहरूको रोदन भने रोक्न सकिन्छ। सरकारको ध्यान जाओस् ।’

आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको वीर अस्पतालका वर्न प्लास्टिक सर्जन डाक्टर अपार लामिछानेले जानकारी दिएका छन् ।

नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो । उनको आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्त्वपूर्ण भागमा गम्भीर क्षति पुर्‍याएको थियो । 

प्रतिक्रिया दिनुहोस्