Logo
Logo

सरकारका कारण जनता आत्महत्या गर्ने ठाउँमा पुगे : ऐन महर


0
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गणेश नेपाली मृत्यु प्रकरण राज्य असफल भएको प्रमाण भएको बताएका छन् । शुक्रवार नेपालीको मृत्युपछि वीर अस्पताल पुगेका महरले राज्यको नीतिका कारण आम नागरिक आत्मदाह गर्ने अवस्थामा पुगेको बताएका हुन् । 

The current image has no alternative text. The file name is: yen-mahar.jpg

राज्यले नागरिकको सुरक्षा गर्ने र सेवा दिने भन्दा पनि तह लगाउने, भय सिर्जना गर्ने, त्रसित बनाउने र अधिनायकवाद लादने काम गरेको छ’, महरले भने, ‘गणेश नेपाली मृत्युको जिम्मा सरकारले लिनुपर्छ ।’

नागरिकमाथि कर थोपरेर राजश्व असुल्ने र गरिब सुकुम्वासीको ढाड सेक्ने र ज्यान लिने नीतिको परिणाम गणेश नेपालीको मृत्युलाई लिन सकिने महरको भनाइ छ । उनले घटनापछि पनि सरकारी व्यवहार र नियत शङ्कास्पद भएको बताए ।

प्रतिक्रिया दिनुहोस्