Logo
Logo

प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस अहिले भाइरल, वर्षमानले संसद्‍मा पढेर सुनाए


63
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस संसद्‍मा पढेर सुनाएका छन् ।

मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै नेता पुनले २०७९ माघ १० गते प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस स्मरण गाराका हुन् ।

प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि सडकमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका थिए ।

त्यसबेला बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर थिए । त्यसबेला उनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेका थिए ।

त्यसबेला बालेनले ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो’ भनेर लेखेका थिए ।

यो बुझाइमा अहिले पनि हो वा फेरि यो भनेर नेता पुनले प्रधानमन्त्री बालेनलाई प्रश्न गरेका छन् । मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

तत्काल उद्धार गरेर वीर अस्पताल पुर्याइएको थियो । वीरको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

यो विषयमा संसद्मा अन्य विपक्षी दलहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् । बालेनले २०७९ सालमा लेखेको स्टाटस अहिले गणेशले आत्मदाह गरेपछि पुनः भाइरल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्