Logo
Logo

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउत आईसीयूमा


0
Shares

काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतलाई सघन कक्ष (आईसीयू)मा राखेर उपचार गर्ने तयारी गरिएको छ ।

The current image has no alternative text. The file name is: bir-hospital-1.jpg

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उपचारमा संलग्न एक चिकित्सिकले बताए अनुसार, उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ ।

उनी अस्पताल पुग्दा नै बोल्न नसक्ने अवस्थामा रहेको वीर अस्पतालका प्लास्टिक सर्जन डा. पियूष दाहालले जानकारी दिए ।

राउत श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । घटनाका बेला उनका श्रीमती र छोरा घरमा नरहेको पाइएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए ।

उनले आत्मदाहको प्रयासको कारण भने नखुलेको बताए ।

प्रतिक्रिया दिनुहोस्