काठमाडौं । बझाङमा बोलेरो जिप दुर्घटना भएको छ । केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा शनिवार दिउँसो बोलेरो जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ हिँडेको छ ।
तर, घटनास्थल टाढा र भौगोलिक रूपमा विकट भएका कारण विवरण प्राप्त भइनसकेको जोराले बताए । जिपमा १५/१६ जना सवार रहेका प्रारम्भिक जानकारी आएको उनले बताएका छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।














