Logo
Logo

गुण्डागर्दीको आरोपमा दूधराज तामाङ पक्राउ


189
Shares

काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले दूधराज तामाङलाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शनिवार पक्राउ गरेको हो ।

The current image has no alternative text. The file name is: dhurb-tamang.jpg

काभ्रे घर भएका तामाङ नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् । उनी यसअघि तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत थिए ।

यसअघि उनलाई सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त) को माला लुटपाट प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो । सत्यमान लामा र दूधराज तामाङसहितका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्