Logo
Logo

एसीसी यू-१९ महिला प्रिमियर कप : नेपालको लगातार दोस्रो जित


126
Shares

काठमाडौं । नेपालले जारी एसीसी यू-१९ महिला प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको युकेएम ओभलमा आइतबार सम्पन्न खेलमा नेपालले सिङ्गापुरलाई १५१ रनको अन्तरले पराजित गरेको हो ।

The current image has no alternative text. The file name is: u-19.jpg

नेपालले दिएको २०० रनको लक्ष्य पछाएको सिङ्गापुरले २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्र बनाएको थियो । 

यस अघि पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा कुनै विकेट नगुमाएर १९९ रन बनाएको थियो । नेपालका लागि साना प्रविनले अविजित ९८ र सावित्री धामीले अविजित ७८ रन बनाएकी थिइन् ।  

यो जारी प्रतियोगितामा नेपालको लगातार दोस्रो जित हो । नेपालले यसअघि पहिलो खेलमा शनिबार कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अब नेपालले अर्को खेलमा मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्