Logo
Logo

बीपी राजमार्गमा सवारी आवागमन सुचारु


63
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै होल्ड गरिएको बीपी राजमार्गमा सवारी आवागमन सुचारु गरिएको छ ।

The current image has no alternative text. The file name is: bp-rajmarg.jpg

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सडकमा हुन सक्ने जोखिम कम भएका कारण सवारी साधन सञ्चालन सुचारु गरिएको जानकारी दिएको हो ।

थप जानकारीका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्