Logo
Logo

सशस्त्रका पाँच डिआइजीले अवकाश पाए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ मंसिर ।
सशस्त्र प्रहरी बलका पाँच डिआईजी र एक एसएसपीको जागिर लम्बाउने प्रयास असफल भएको छ। गृह मन्त्रालयल र अदालतले उनीहरुको विपक्षमा निर्णय गरेपछि अवकाश पाएका हुन् ।


३० बर्से सेवाहदका कारण डीआईजीहरू नगेन्द्र थापा, कवीन्द्रमान श्रेष्ठ, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी र एसएसपी राजेन्द्र शाक्यले अवकाश पाएका थिए । उनीहरु सेनाबाट आएका थिए । सेनामा १८ महिनाको तालिम सकिएपछि मात्र तलब पाइने भएकाले त्यसपछिको अवधिलाई जोड्न माग गरी सर्वाेच्चमा रिट दिएका थिए भने गृहमा निवेदन दिएका थिए । तर, उनीहरुको माग सुनुवाई भएन ।

उनीहरुको अवकाशसँगै सशस्त्रमा सेनाबाट स्थानान्तरण भएका सबै उच्च अधिकारीले अवकाश पाएका छन् । आइतबारदेखि उनीहरुले अनिवार्य अवकाश पाएका हुन् ।

उनीहरुको अवकासँगै सशस्त्रमा बढुवाको दौडधुप सुरु भएको छ । बढुवामा अभिकुमार खत्री, शम्भु सुवेदी, गणेशबहादुर ठाडामगर, दुर्गाप्रसाद भट्टराई र कमल गिरी छन्, कुलबहादुर नेम्वाङ, कालीदास धौबजी, कुमार न्यौपाने, विदुर खड्का, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह र कृष्णराज पाठक छन् । उनीहरुमध्ये खत्री, ठाडा मगर, गिरी र नेम्वाङमध्ये एकलाई भावी आईजिपीका रुपमा समेत हेरिएको छ । जसकारण उनीहरु शक्तिकेन्द्रको दौडधुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्