Logo
Logo

सेयर बजारको निरन्तर गिरावटपछि धितोपत्र बोर्ड घेराउ गर्न पुगे लगानीकर्ता


63
Shares

काठमाडौं । सेयर बजार लगातार ओरालो लागेपछि आक्रोशित लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय घेराउ गर्न पुगेका छन् ।

The current image has no alternative text. The file name is: lagani-karta.jpg

मङ्गलवार बिहान भेला भएका लगानीकर्ताहरूले बजारको निरन्तर गिरावटप्रति असन्तुष्टि जनाउँदै ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालय घेराउ गर्न पुगेका हुन् ।

लगानीकर्ताहरूले बजारमा देखिएको लगातारको गिरावट रोक्न नियामक निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने, बजारमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्नुपर्ने तथा लगानीकर्ताको मनोबल बढाउने नीतिगत निर्णय गर्नुपर्ने माग गरेका छन् ।

सोमबार  नेप्से परिसूचक ३०.६० अङ्कले घटेर २५७०.१८ विन्दुमा पुगेको थियो । यो समाचार तयार पार्दासम्म नेप्से ३.३७ अङ्कले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्