Logo
Logo

सीईओद्वय ज्योतिप्रकाश र दीपप्रकाश पाण्डेलाई मातृशोक


126
Shares

काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।

पाण्डे दाजुभाइकी ९१ वर्षीया आमा इन्दिरा पाण्डेको मंगलबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको अन्त्येष्टि आजै काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको छ । अन्तिम संस्कारमा ठूलो संख्यामा बैंकर तथा व्यवसायीहरू पशुपति आर्यघाट पुगेका थिए ।

उनी लामो समयदेखि श्वासप्रश्वासका साथै विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन् । स्वर्गीय इन्दिरा पाण्डेका तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्