Logo
Logo

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुँदै


63
Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित हुने भएको छ। आज सुरु भइसकेको बैठकपछि अर्को बैठक साउन १४ गते अर्थात् साउन दोस्रो साताको अन्त्यमा बस्ने गरी कार्यव्यवस्था परामर्श समितिमा सहमति जुटेको छ।

यससम्बन्धी आधिकारिक जानकारी सभामुखले आजकै बैठकको अन्त्यमा गराउनेछन्। आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्ने भएकाले दिउँसो १ बजेका लागि सारिएको थियो।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। बैठकको अन्तिम कार्यसूचीका रूपमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि तथा श्रम निरीक्षणसम्बन्धी महासन्धिमाथि सदनमा छलफल गराई आजै अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्