Logo
Logo

लुम्बिनी सरकारबाट पनि बाहिरिँदै कांग्रेस


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेश सरकारबाट पनि बाहिरिने भएको छ ।

The current image has no alternative text. The file name is: lumbini-nepali-congress.jpg

लुम्बिनीमा नेकपा एमालेका चेतनारायण आचार्य नेतृत्वमा कांग्रेससहितको सरकार छ । पार्टी केन्द्रको निर्णयअनुसार बिहीबार कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो । कांग्रेसले सरकारमा सहभागी पाँच मन्त्रीलाई राजीनामा गर्न भनेको छ । 

यसको औपचारिक निर्णयका लागि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सरकारमा सहभागी पाँच मन्त्री, प्रमुख सचेतक र सचेतकलाई दाङ बोलाएका छन् ।

चौधरी मन्त्रीहरू, प्रमुख सचेतक र सचेतकलाई दिउँसो ३ बजे बैठक बस्ने गरी दाङ बोलाएका हुन् । हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्