Logo
Logo

सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँतियो


252
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको छ ।

The current image has no alternative text. The file name is: SAMSAD.jpg

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो । तर अस्ति मङ्गलवारको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले जानकारी दिए । उनका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था ब्युँताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्रिपरिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव अघि बढाएको थिएन । अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि सङ्घीय संसद्अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन् ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय छ । प्रदेशहरूले भने आफैँ निर्णय गरेर प्रदेशसभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्